काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ८३ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा १२.७९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ७४ करोड १७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। 

यो अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ७ करोड १८ लाख  रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिसम्म यस्तो आय ८ करोड २९ लाख रुपैयाँ गरेको थियो। 

तेस्रो त्रैमाससम्म कम्पनीले पुनर्बीमा कमिसन आयतबापत २ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आय २ करोड ५० लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले ५१ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १६.४९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ४३ करोड ९९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च ११.१० प्रतिशतले बढेर २५ करोड ७१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म व्यवस्थापन खर्च २३ करोड १४ लाख रुपैयाँ रहेको थियो।

तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा १.९९ प्रतिशतले बढेको छ। कम्पनीले यो अवधिसम्म १७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनील्े १७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यो अवधिसम्म कम्पनीको बीमा कोषको आकार बढेर १ अर्ब ९ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिसम्म बीमा कोषमा ९२ करोड २९ रुपैयाँको थियो । जगेडा तथा कोषको आकार भने ३५.४३ प्रतिशतले घटेर २५ करोड ३९ लाख रुपैयाँ सीमित भएको छ। गत वर्ष यही अवधिसम्म जगेडामा ३९ करोड ३२ रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म कम्पनीले १ लाख ४७ हजार १७४ वटा बीमालेख जारी गरेको छ। गत वर्ष यही अवधिसम्म १ लाख ५० हजार ३५६ बीमालेख जारी गरेको थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७.९६ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४५.०६ गुणा र प्रतिसेयर नेटवर्थ २११.३२ रुपैयाँ रहेको छ।