काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को प्रतिफल वितरण गर्न बुक क्लोजको मिति गरिएको छ। 

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले ती दुवै योजनाको प्रतिफल वितरण गर्न आउँदो भदौ ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ ६ गतेसम्म कायम इकाइधनीले यी दुवै योजनाको प्रतिफल पाउनेछन्। 

सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको हिजो बसेको बैठकले आर्थिक वर्ष २०७८–७९ का लागि सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड ५० लाख रुपैयाँ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाइधनीलाई  १० प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।