काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी ‘सिद्धार्थ बैंकस्मार्टएक्सपी’ नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ। 

सिद्धार्थ बैंकस्मार्टएक्सपीमार्फत बैंकका ग्राहकले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ सेवाहरु उपभोग गर्न सक्नेछन्। सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो बैंकिङ एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताले एप्पल एप स्टोर (https://apps.apple.com/np/app/siddhartha-banksmartxp/id1161312612) वा गुगल प्ले (https://play.google.com/store/apps/details?id=com.f1soft.banksmart.siddhartha) बाट एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्। 

आधुनिक र नवीनतम प्रविधि प्रयोग गरेर बनाइएको मोबाइल बैंकिङ एपको नयाँ संस्करण ग्राहकले सजिलै वेब ब्राउजर ९जततउकस्ररदबलपकmबचतहउ।कष्ममजबचतजबदबलप।अयmर० का माध्यमबाट समेत प्रयोग गर्न सक्नेछन्। 

यस सिद्धार्थ बैंकस्मार्टएक्सपीमार्फत ग्राहकले निम्न बैंकिङ सुविधाहरुको लाभ लिन सक्नेछन्। 

  • पासवर्ड/पिन बिर्सिएमा आफैँले रिसेट गर्न सकिने
  • नयाँ चेकबुक अनुरोध गर्न सकिने
  • बैंकले दिने सेवासम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछरदर्ता गर्न सकिने
  • बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न सकिने
  • निक्षेप तथा कर्जा खाताको ब्याज हेर्न सकिने
यसका अतिरितm डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङमार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी पाउनेलगायतका सेवाहरु पनि ग्राहकले उपभोग गर्न सक्नेछन्। डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिई आगामी दिनमा यस मोबाइल बैंकिङ सेवामा अरु पनि सुविधाहरु थप गरी बैंकिङ सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्री र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ।

ग्राहकमैत्री प्रविधिहरु भित्र्याउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ सेवाहरु जस्तै– अनलाइनबाटै बचत, मुद्दति र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजीबैंक पोर्टलमार्फत समेत प्रदान गर्दै आएको छ। 

सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्सटेन्सन काउन्टरसहित), ११७ शाखारहित बैंकिङ सेवा, १ हजार ७०० भन्दा बढी पीओएस मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्टमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ।