काठमाण्डौ । दसैँको बिदाका दिनहरुमा ग्राहकको सहजताका लागि सिद्धार्थ बैंकले उपत्यकाभित्र र बाहिर केही शाखाहरु नगद काउन्टर सञ्चालनमा ल्याउने भएको छ। 

काठमाण्डौ उपत्यकाभित्र असोज १६ गतेदेखि असोज २१ गतेसम्म (असोज १९ गतेबाहेक) हात्तीसार र न्युरोड शाखा खुल्नेछन्। यीमध्ये हात्तीसार शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछ भने न्युरोड शाखा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म खुल्नेछ। 

यसैगरी उपत्यकाभित्रै असोज १६ गते कुमारीपाटी, सूर्यविनायक र तीनकुने शाखा पनि खुल्नेछन्। यो दिन कुमारीपाटी र सूर्यविनायक शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र तीनकुने शाखा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ।

उपत्यका बाहिर भने असोज १६ गते बिर्तामोड, दमक, धरान, नारायणगढ, भैरहवा, बुटवल, नेपालगन्ज र घोराही शाखाहरु खुला रहनेछन्। विराटनगर शाखा भने असोज १६, १७, १८ र २१ गते खुला रहनेछ। इटहरी शाखा असोज १७ गते खुल्दा जनकपुर शाखा असोज १६, १७ र २१ गते खुला रहनेछ। 

वीरगन्ज शाखा असोज १५, १६, १७, १८, २१ र २२ गते, पोखरा शाखा असोज १६, १७, १८, २० र २१ गते, न्युरोड (नेपालगन्ज) असोज २१ गते, टीकापुर शाखा असोज १८ गते, धनगढी शाखा असोज १५, १७ र २१ गते र महेन्द्रनगर शाखा असोज १७ र २० गते खुला रहनेछ। 

उपत्यकाबाहिर ती शाखा तोकिएका दिनहरुमा बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म खुला रहने बैंकले जनाएको छ।