काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स र प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमीटेड आर्थिक वर्ष २०७३ ७४ को नाफाबाट २० प्रतिशतको दरले बोनस सेयर वितरणको निर्णय गरेका छन् । 

सिद्धार्थ इन्स्योरेन्सको बोर्ड बैठकले २० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । हालै यो कम्पनीले १९.२३ प्रतिशत हकप्रद निश्कासन गरेको थियो । २० प्रतिशत बोनस सेयर वितरणपछि हाल ५३.४५ करोडमा सीमित रहेको चुक्तापूँजी बढेर ६४.१५ करोडको उचाईमा पुुग्नेछ । यो कम्पनीले कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको निर्णय समेत गरेको छ । 

यता, प्रूडेन्सियल इन्स्योरेन्सले समेत २० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ । हाल यो कम्पनीको चुक्तापूँजी ४२.७६ करोड रहेको छ । यही चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । बोनस सेयरपछि यो इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी ५१ करोड ३२ लाख पुुग्नेछ । यो कम्पनीले पनि कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ । 

दुवै कम्पनीको यो निर्णय बिमा समिति र दुवै कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।