काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड १२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यो कम्पनीको खूद नाफा ३ करोड ८० लाख रुपैयाँमा सीमित थियो । 

यो अवधिमा कम्पनीले २५ करोड ७ लाख बिमा शुल्कबाट आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी २१ करोड ७४ लाखमा सीमित थियो । 

कम्पनीको पुनर्बिमा कमिसनबाट हुने आय ६ करोड ९८ लाख पुुगेको छ । अघिल्लो वर्ष यस्तो आय ५ करोड ४२ लाखमा सीमित थियो । 

यस्तै, ६८ लाखमा सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर १ करोड ५५ लाख ७७ हजारको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा सिद्धार्थ इन्स्योरेन्सले ८ करोड ८६ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी ७ करोड ६४ लाख थियो । 

यो कम्पनीको व्यवस्थापन खर्च निकै बढेको देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २ करोड ९५ लाख रहेको यस्तो खर्च बढेर यो वर्ष ४ करोड ८२ लाखको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा कम्पनीले बिमा कोषलाई निकै मजबुत बनाएको छ । अघिल्लो वर्ष ३२ करोड १७ लाख रहेको कोषलाई बढाएर ४३ करोड ३३ लाखको उचाईमा पुर्याएको छ । कम्पनीले १६ करोड ५० लाखमा सीमित जगेडाकोषमा सामान्य वृद्धि गरी १६ करोड ५३ लाख पुर्याएको छ । 

यो अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी ७.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२२.६३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९०.१४ गुुणा कायम भएको छ।