काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका अधिकांश सूचक सकारात्मक देखिएका छन् । कम्पनीका खुद नाफा र बीमा शुल्क आम्दानीजस्ता सूचक सबल देखिएकाले समग्र वित्तीय स्वास्थ्य सकारात्मक देखिएको हो । 

गत वर्ष तेस्रो त्रैमाससम्म १४ करोड ६१ हजार खुद मुनाफा आर्जन गरेको कम्पनीले यस वर्षको सोही अवधिसम्ममा १८ करोड ४ लाख आम्दानी गर्न सफल भएका भएको छ । यो अघिल्लो त्रैमासको भन्दा ४ करोड ३ लाख अर्थात् २२ दशमलव ३६ प्रतिशतले बढी हो ।


खुद मुनाफा आर्जनमा उत्साहजनक देखिएको कम्पनीको बीमा शुल्क आम्दानी पनि सकारात्मक नै मान्नुपर्छ । अघिल्लो वर्ष १ अर्ब १० करोड बीमा शूल्क आर्जन गरको कम्पनीले यस वर्षको तेस्रो त्रेमाससम्म आइपुग्दा सो आम्दानी वृद्धि गरी १ अर्ब २९ करोड कायम गरेको आइतबार सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । 

बीमा शुल्क आम्दानी थोरैमात्र सकारात्मक देखिएको कम्पनीमा दावी भुक्तानी भने उल्लेख्य मात्रामा वृद्धि भएको छ । यस वर्ष तेस्रो त्रेमासम्ममा कम्पनीले ४ हजार १ सय १० वटा दावी परेको र ७३ करो २८ लाख दावीभुक्तानी गरेको उल्लेख छ । कम्पनीले हालसम्म ८४ हजार ८ सय ९५ वटा बीमालेख जारी गरेको छ ।

चुक्ता पूँजी ६४ करोड १४ लाख रहेको कम्पनीले बीमा समितिको निर्देशन अनुसार १ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने छ ।  कम्पनीको जगेडा कोषमा १२ करोड ७ लाख सञ्चित छ ।