काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमीटेडले काठमाण्डौको स्वयम्भु तथा बुटवलको ट्राफिक चोकमा आफ्ना शाखाहरु संचालनमा ल्याएको छ । 

स्वयम्भु शाखा कम्पनीका प्रमुखकार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री, उप प्रमुखकार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ एवं नायवमहाप्रबन्धक मुरारी रेग्मीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

यस्तै, प्रमुख कार्यकारी अधिकृत क्षेत्रीद्वारा शाखा सञ्चालनको शुभारम्भ गरिएको ट्राफिक चोक बुटवल शाखाको शुभारम्भ समारोहमा स्थानिय स्तरका बैंक तथा वित्तीय संस्थाहरु प्रमुख एवं व्यवसायीहरुको उपस्थिति रहेको थियो । 

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले अहिलेसम्म ७४ वटा शाखा सञ्जालमार्फत स्तरीय बीमा सेवा प्रदान गर्दै आएको बताउदै भबिष्यमा अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।