काठमाण्डौ । सिद्धार्थ इन्स्योेरेन्स लिमीटेडले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश  वितरणको प्रस्ताव  गरेको छ । 

कात्तिक १९ गते बसेको कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको हो । 

यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पास भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

गत वर्ष यो बिमा कम्पनीले २५ प्रतिशत बोनस वितरण गरेको थियो । 

सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७२/७३ को अवधिमा २० करोड ६ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको चुक्तापूँजी ३४ करोड ४८ लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ४४ करोड ८२ लाख रुपैयाँ पुग्नेछ ।