काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लि. को गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालयको समुद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरे । 

सो समारोहमा अध्यक्ष चापागाँईले व्यवसाय वृद्धिसंगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिंदै प्रादेशिक कार्यालयले बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । 

कार्यक्रमका सभापति एवं कम्पनीका सञ्चालक  पवनकुमार अग्रवालले अहिलेसम्म गण्डकी प्रदेशका ११ वटा जिल्लामध्ये ८ वटा जिल्लामा ११ वटा शाखा सञ्जालमार्फत स्तरीय बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भविष्यमा बाँकी जिल्लामासमेत शाखाहरुको विस्तार गरी अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले मन्तव्य राख्दै उत्कृष्ट बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जिकिर गरे । 

सो समारोहमा स्थानीय बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख एवं व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।