काठमाण्डौ । सिद्धार्थ ईन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँपालिकाबाट घुम्ती बीमा सेवाको एक समारोहको बीच शुभारम्भ गरेको छ ।
गाउँपालिकाका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती वीमाको माध्यमबाट सहज रुपमा बीमा सेवा प्राप्त हुने भएकोले यसबाट अत्यधिक लाभका लागि आग्रह गर्दै स्थानीय निकायसँगको सहकार्यमा घुम्ती बीमा अझ प्रभावकारी हुने हँुदा यसतर्फ ध्यान दिन आग्रह गरे ।
गाउँपालिका पदाधिकारी, अगुवा कृषक तथा स्थानीय जनताको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा गाउँ पालिका उपाध्यक्ष लालसुब्बा गुरुङ्ग तथा नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले शुभकामना मन्तव्य दिएका थिए ।
कम्पनीका प्रमुखकार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले घुम्ती बीमा सेवाको उद्धेश्य , महत्व र यसबाट हुने फाईदाहरुको सम्बन्धमा प्रकाश पार्दै घुम्ती सेवामार्फत घर दैलोबाटै वीमा सेवा लिन आग्रह गरे।
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago