काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ६ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १३.५४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि १०.४५ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट १६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर १५ करोड ४ लाख रुपैयाँमा सीमित बनेको छ।
समीक्षा अवधिमा अन्य स्रोतबाट १४ लाख ८० हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले ३१ हजार रुपैयाँ बढी ब्याज आम्दानी गरेको छ।
समीक्षा अवधिमा कम्पनीको रिजर्भको आकार ६ करोड ३४ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भ ७ लाख ७७ हजार रुपैयाँ ऋणात्मक थियो।
सेयर पुँजी ७३ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ११.३९ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) २४.०५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०८.६६ रुपैयाँ रहेको छ।
43 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago