काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गत आर्थिक वर्ष २०७७/७८ सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने र हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले चुक्तापुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४.७५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

कम्पनीले बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने गरी आगामी वार्षिक साधराणसभाबाट अनुमोदन गर्न प्रस्ताव पेस गर्ने निर्णय पनि गरेको छ।