काठमाण्डौ । महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेड प्रा. लि. अन्तर्गतको श्रीकृष्ण डिष्ट्रिब्यूटर्स्ले सिन्धुलीमा जेठ १५ गतेदेखि नयाँ महिन्द्रा शोरुम स्थापनासँग संचालन गरेको छ ।  

सो सोरुमको एक भव्य समारोहका बीच उद्घाटन गरिएको थियो । ग्राहकहरुका माझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप यस नयाँ शोरुमले सेल्स्, सर्भिस तथा स्पेयर पार्ट्स लगायत सबै सेवा उपलब्ध गराउने बताइएको छ । 

महिन्द्राका ट्रयाक्टर, पिक–अप तथा लोकप्रिय यूूभी सिरिज लगायत महिन्द्राका अन्य उत्कृष्ट सेवाहरु लिई शोरुम सिन्धुलीमा प्रस्तुत भएको हो । कम्पनीका अनुसार उक्त नयाँ शोरुमको स्थापनाले ग्राहकहरुलाई महिन्द्राका उत्कृष्ट सेवाहरुको पहुँच झनै सहज बनाउनेछ ।