काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा सोमबार सिन्धुलीको, १ नं बजार, कमलामाईमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यस जिल्लामा बैंकको यो नै पहिलो शाखा हो । 

अब लक्ष्मी बैंकको शाखा सञ्जाल ६९, ३ हस्पिटल सेवा काउन्टर, ९० एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् अनि ४०० भन्दा बढी मोबाईल एजेन्टहरु पुुगेका छन् । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास व्यक्त गरेको छ । 

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आ.व. २०७३/७४ मा ५९.३२  अरब निक्षेप र ५२.७३ अरब कर्जा परिचालन गरेको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोही अवधिमा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गरेको थियो । 

लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी दोस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी हाल ५१ वटा शाखा मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

लक्ष्मी बैंकले लक्ष्मी भ्यालू फण्ड नामक दोस्रो म्यूचुअल फण्ड सेवाको समेत सफलतापूर्वक संचालन गरिसकेको छ ।