काठमाण्डौ । सिन्धु विकास बैंकको नायब सीईओमा रामकुमार गिरी नियुक्त भएका छन्। 

बैंक सञ्चालक समितिले चैत २ गतेदेखि लागू हुने गरी बैंकको नायब सीईओमा गिरीलाई नियुक्त गरेको हो । उनीसँग २ दशक लामो बैंकिङ अनुभव रहेको छ। 

नेपाल बंगलादेश बैंक, सनराइज बैंकलगायत बैंकिङ अनुभव बटुलेका गिरीले यसअघि कम्युनिटी डेभलपमेन्ट बैंकमा सीईओ तथा एक्सेल डेभलपमेन्ट बैंकमा नायब सीईओ भई काम गरिसकेका छन्। 

आगामी दिनमा गिरीको योग्यता तथा कार्यानुभवले सिन्धु विकास बैंकलाई अझ प्रगति तथा उच्च स्थानमा पुर्याउन सक्ने अपेक्षा बैंकले लिएको छ। 

सिन्धुपाल्चोकको बाह्रबिसेमा प्रधान कार्यालय तथा काभ्रेको बनेपामा कर्पोरेट कार्यालय रहेको बैंकको विभिन्न जिल्लामा गरी कुल २३ शाखा तथा सुकेटे र सिलढुंगामा सीमित बैंकिङ इकाइ कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।