काठमाण्डौ। सिन्धु विकास बैंक लिमिटेडको सञ्चालकमा डा रमेशकुमार भण्डार िनियुक्त भएका छन्। 

बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व हुने गरी भण्डारीलाई बैंकको सञ्चालक पदमा नियुक्त गरेको हो। आगामी दिनमा उनको योग्यता तथा कार्यानुभवले बैंकको नीति निर्माण तहमा थप प्रगति हुने तथा बैंकलाई अझ उच्च स्थानमा पुर्याउन सक्ने बैंकले अपेक्षा लिएको छ।   

बैंकमा कर्मचारी सञ्चय कोषलगायत यसै बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा अनुभवी र व्यावसायिक व्यक्तित्वहरुको संचालक समिति रहेको छ। बैंकले न्युनतम ब्याजदरमा सर्वसुलभ तरिकाले गुणस्तरीय सेवा प्रदान गर्नुका साथै निशुल्क एबीबीएस, सी–आस्बा, आईपीएस, ईसीसी, मोबाइल बैंकिङ, क्यूआर कोडलगायत सम्पूर्ण सघन बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको छ। 

प्रधान कार्यालय बाह्रविसे तथा  कर्पोरेट बनेपामा रहेको बैंकले मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, लाहुरेचोक, चनौलि, नारायणगढ, हेटौडा र ठोकर्पा गरी कुल २३ शाखा तथा सुकेटे र सिलढुंगामा सीमित बैंकिङ इकाइ कार्यालयसहित कुल २५ स्थानबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।