काठमाण्डौ । सिन्धु विकास बैंकको सीईओ पदबाट रमेशप्रसाद जोशीले राजीनामा दिएका छन्।

जोशीले व्यक्तिगत कारण खुलाई सीईओ पदबाट राजीनामा दिएका हुन्। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले जोशीको राजीनामा कात्तिक १ गतेबाट लागू हुने गरी स्वीकृत पनि गरेको छ।

सोही बैठकले नायब सीईओ रामकुमार गिरीलाई कात्तिक १ गतेबाट लागू हुने कायम मुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ। अर्को व्यवस्था नभएसम्मका लागि गिरीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिने निर्णय सञ्चालक समितिले गरेको हो।