काठमाण्डौ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकुमार गिरी नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गिरीलाई सीईओमा नियुक्त गरेको हो। गिरीलाई पुस २६ गतेदेखि नै लागू हुने गरी सीईओमा नियुक्त गरिएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ।
गिरी यसअघि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए।
यसअघि गिरीले नेपाल बंगलादेश बैंक, सनराइन बैंकलगायत कम्युनिटी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सल डेभलपमेन्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेकाथिए। उनीसँग बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा बढी कार्य गरेकोसमेत अनुभव रहेको छ।
आगामी दिनमा गिरीको ज्ञान, योग्यता तथा कार्य अनुभवले व्यापार–व्यावसायमा उल्लेख वृद्धि भई लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्ने बैंकले विश्वास लिएको छ।
बैंकले हाल प्रधान कार्यालय बाह्रबिसे तथा बनेपामा कर्पोरेट तथा शाखा कार्यालयसहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिंगटी, जलवीरे, पनौती, टाँडी, पर्सा, पालुङ, विकासचोक, लाहुरेचोक, चनौली, नारायणगढ, हेटौँडा, ठोकर्पा र लामोसाँघु गरी कुल २४ शाखा तथा सुकेटे र सिलढुंगामा सीमित बैंकिङ इकाइ कार्यालयसहित गरी हाल २६ स्थानबाट वित्तिय सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकले न्यूनतम ब्याजदरमा सर्वसुलभ तरिकाले गुणस्तरीय सेवा प्रदान गर्नुका साथै निःशुल्क एबीबीएस, क्यूआर कोड, सी–आस्बा, एससीटी/डेबिट कार्ड, मोबाइल बैंकिङलगायत सम्पूर्ण बैंकिङ सेवासुविधा प्रदान गर्दै आइरहेको छ।
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago