काठमाण्डौ । सिन्धु विकास बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ।
बैंक सञ्चालक समितिको बिहीबार (माघ ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटेल सारथीमा बिहान ९ बजेदेखि हुनेछ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ।
आर्थिक वर्ष २०७८–७९ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभाले छलफल गरी स्वीकृत गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले माघ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको सभामा सहभागी हुन पाउनेछन्।
8 minutes ago
16 minutes ago
29 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago