काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले आइतबार (भदौ २४ गते) आफ्नो १४ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ।
बैंकको बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले विभिन्न कार्यक्रममध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपालाई ट्राफिक उपरकारण तथा सुरक्षा सामग्री हस्तान्तरण, विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरणलगायत खेलकुद प्रतियोगिता गर्नुका साथै बैंकको कर्पोरेट कार्यालय बनेपा तथा क्षेत्रीय कार्यालय नारायणगढको प्राँगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बनेपा बजार तथा नारायणगढ बजारआसपासका स्थानीय, नेपाल प्रहरी, जिल्ला रेडक्रस सोसाइटी तथा विभिन्न बैक वित्तीय संस्था एवं संघ–संस्थाका प्रतिनिधिलगायत बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलगायत उच्च कर्मचारीहरुको उपस्थितिमा थियो।
खुला रक्तदान कार्यक्रममा करिब १०० दाताहरुले रक्तदान गरेका थिए।
सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकका रुपमा स्थापित यो बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लासमेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालय र १ वटा सीमित बैंकिङ इकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामीण भेगमा बैंकिङ सेवा विस्तार गरी ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकको सुविधाका लागि सम्पूर्ण शाखा कार्यालयमार्फत मोबाइल बैंकिङ, एससीटी, डेबिट कार्ड, एसएमएस बैंकिङ, क्यूआर कोड, सी–आस्बा, कनेक्ट आईपीएस, आरटीजीएसलगायतका सेवासमेत प्रदान गर्दै आइरहेको छ।
5 minutes ago
23 minutes ago
42 minutes ago
47 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago