काठमाण्डौ । सिभिल बैंकले लाभांश प्रस्ताव गरेको छ ।

बैंकको आज सोमबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको ३२५ औं बैठकबाट आव२०७६७७ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने गरी हाल चुक्ता पूँजी रु ८ अर्ब ३३ लाख उन्नानब्बे हजार ६७३ को ८ प्रतिशतका दरले हुन आउने रु. ६४ करोड २ लाख ७१ हजार १७३ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले हुन आउने रु. ३ करोड ३६ लाख ९८ हजार ४८२ सेयरधनीहरुलाई वितरण गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय भएको बैंकले जनाएको छ ।

उक्त बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भएपछि वितरण गर्ने बैंकले जनाएको छ ।