काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको नाफा गत वर्ष यही अवधिको तुलनामा १७२.४२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

समीक्षा अवधिमा संस्थाले सञ्चालन मुनाफाबापत ४ करोड ६ लाख रुपैयाँ आर्जन गरेको छ। यस्तो मुनाफाबाट गत वर्ष यही अवधिमा ८८ लाख २१ हजार रुपैयाँमा सीमित थियो।

संस्थाले यो अवधिमा ७ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्ष ४ करोड ५६ करोड रुपैयाँमात्र थियो।

संस्थाले १ अर्ब १३ करोड रुपैयाँ सापटी लिई १ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ७४ करोड ४८ लाख रुपैयाँ सापटी लिई १ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाले रिजर्भको आकार १९४.६२ प्रतिशतले बढाएर १० करोड ५९ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा ३ करोड ५९ लाख रुपैयाँमात्र थियो।

संस्थाको चुक्तापुँजी २३ करोड ३९ लाख रुपैयाँको रहेको छ। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २३.३४ रुपैयाँ रहेको छ। पीई रेसियो ३७.७० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४४.४१ रुपैयाँ रहेको छ।