काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा डाकेको छ।
संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले आउँदो चैत ५ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित वोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ३.६४२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा हाल कायम चुक्तापुँजी २३ करोड ३९ लाख ३३ हजार ७०० रुपैयाँको ३.५ प्रतिशतले हुन आउने ८१ लाख ८७ हजार ६७९.५० रुपैयाँबराबरको बोनस सेयर र ०.१८४२१ प्रतिशतले हुन आउने ४ लाख ३० हजार ९३०.५० रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) रहेको छ।
सभा र लाभांश प्रयोजनका लागि संस्थाले यही फागुन २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १९ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
51 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago