काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको बोनस सेयरका लागि बिहीबार सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले सिभिल लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ९६६ रुपैयाँ कायम गरेको छ। यसअघि सिभिल लघुवित्तको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १ हजार रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै सिभिल लघुवित्तको सेयर कारोबारमा आउनेछ।

सिभिल लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट कुल ३.६४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३.५ प्रतिशत बोनस र बाँकी ०.१८४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश सिभिल लघुवित्तको आउँदो चैत ५ गते हुने नवौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

लाभांश र सभा प्रयोजनका लागि सिभिल लघुवित्तले आज फागुन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो फागुन १९ गतेसम्म कायम सेयरधनीहरुमात्र यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।