काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ७ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ। 

सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिद्धिल लघुवित्तको न्यून उपस्थिति रहेका स्थानहरुलाई समेटी क्रमशः झापाको धाईजन, मोरङको भाथिगछ, सुनसरीको भीमपुर, सप्तरीको बलुवा, चितवनको रत्ननगर, सिन्धुपाल्चोकको पाटीभञ्ज्याङ र कपिलवस्तुको बहादुरगन्जमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको हो। काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको सिभिल लघुवित्तले यसअघि २९ जिल्लामा रहेको ५५ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेकोमा अब ६२ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्नेछ।

यो संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्नवर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई बिनाधितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आबद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकार योग्य धितो लिई सरल तरिकाबाट वित्तीय पहँुच पुर्याउँदै आइरहेको छ। साथै, संस्थाले लघु बचत, लघुवीमा, विप्रेषण सेवाहरु उपलब्ध गराउँदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरता जस्ता गैरवित्तीय सेवाहरुसमेत उपलव्ध गराउँदै आइरहेको छ। 

यस संस्थामा हाल करिब ४७ हजार सदस्य आबद्ध छन् भने लगानीमा रहेको कर्जा रकम २ अर्ब २१ करोड रुपैयाँ छ।