काठमाण्डौ । सिभिल बैंक लिमिटेडले यसपालिको दसैँका अवसरमा ‘सुरक्षित दसैँ मनाऔँ’ भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडि ल्याएको छ। 

बडादसैँको नवौँ दिन अर्थात नवमीमा भक्तजनको मन्दिरहरुमा बाक्लो घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने सम्भावनालाई मध्यनजर गर्र्दैै बैंकले काठमाण्डौको तलेजु भवानी, काल भैरव, नरदेवी तथा कन्केश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेसमास्क तथा स्यानिटाइजर वितरण गर्ने भएको छ। 

यसले बडादसैँमा श्रद्धालु भक्तजनमाझ कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए।