काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिल बैंक लिमीटेडको खूद नाफा उछालको गतिमा बढेको छ । 

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९ करोड ६६ लाखमा सीमित खूद नाफा २०१.८८ प्रतिशतले बढाएर २९ करोड १८ लाखको उचाई चुमाएको हो । 

सिभिल बैंकले अघिल्लो वर्ष १३ करोड ८२ लाखमा सीमित संचालन मुनाफा बढाएर ४२ करोड ६४ लाखको उचाई चुमाएको छ भने ४९ करोड ७६ लाखमा सीमित खूद ब्याज आम्दानी समेत बढेर ७१ करोड ७ लाखको उचाईमा पुगेको छ । 

नाफामा भएको उल्लेख्य बढोत्तरीसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानीतर्फ पनि छलाङको अवस्था देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म इपीएस ४.८३ रुपैयाँमा सीमित भएकोमा १७९.५२ प्रतिशतले बढेर यो वर्ष १३.५१ रुपैयाँ पुगेको हो । 

समीक्षा अवधिमा बैंकले ९२ अर्ब ७३ करोड बढी निक्षेप संकलन गरी ८१ अर्ब ९२ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ८८ अर्ब ६३ करोड निक्षेप संकलन गरी ७९ अर्ब ६ करोड बढी कर्जा परिचालन गरेको थियो । यसरी अघिल्लो वर्षको तुलनामा निक्षेपतर्फ ३३.९५ प्रतिशत र कर्जातर्फ ४५.९८ प्रतिशतको ग्रोथ देखिएको छ । 

पहिलो त्रैमासका लागि बैंकको वितरणयोग्य मुनाफा ६० करोड २८ लाख रहेको छ ।

बैंकको अघिल्लो वर्षको यही अवधिसम्म १.५० प्रतिशतसम्म रहेको खराब कर्जा अनुपात घटेर ०.९६ प्रतिशतमा सीमित भएको छ भने सीडी रेसियो ८७.९४ प्रतिशत, बेस रेट ८.२६ प्रतिशत, कस्ट अफ फण्ड ६.४३ प्रतिशत, मूल्य आम्दानी अनुपात १७.९९ गुणा, प्रतिसेयर नेटवर्थ १२६.८८ रुपैयाँ र तरलता अनुपात २१.५७ प्रतिशत रहेको छ ।