काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आज शुक्रबारदेखि सिरहाको गोलबजार नगरपालिका–४ गोलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। योसँगै देशभर बैंकको कुल शाखा संख्या १०३ पुगेको छ।
बैंकले ग्राहकको विश्वसनीयता अभिवृद्धि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा विस्तारलाई तीव्रता दिएको छ। बैंकले ५ लाखभन्दा बढी ग्राहकमाझ बैकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।
ग्राहकको हितलाई ध्यानमा राखी देशको अर्थतन्त्र सुदृढ बनाउन आफूहरु सधैँ प्रयासरत रहेको बैंकले जनाएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago