काठमाण्डौ । विराटनगरस्थित सिर्जना फाइनान्स लिमीटेडले आगामी पुस २२ गते १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

मंसिर २८ गते बसेको संचालक समितिको १७९ औं बैठकको निर्णयअनुसार पुस २२ गते विराटनगरस्थित उद्योग संगठनको सभाकक्षमा साधारणसभा बोलाएको हो । 

साधारणसभामा चुक्तापुँजीको ३२.५० प्रतिशतको दरले बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै, कर प्रयोजनका लागि ५१ लख ७२ हजार ६ सय ३१.५८ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव समेत पारित हुने साधारणसभा सम्बन्धी सूचनामा उल्लेख छ । 

कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस ८ गतेदेखि बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ पुस ६ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले साधारणसभामा सहभागी हुन, घोषित लाभांश प्राप्त गर्न योग्य मानिनेछन् ।