काठमाण्डौ । सिर्जना फाइनान्स लिमीटेडले १४.२७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

कम्पनीको आज बसेको २३७ औं संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीलाई १३.५९ प्रतिशशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ८४ करोड ७८ लाख रहेको छ । यो हिसाबले कम्पनीले ११ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस सेयर र  ५७ लाख ५९ हजार बढीको नगद लाभांश वितरण गर्नेछ । 

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

सनराइज बैंकसँग जारी अक्वायर प्रक्रिया असफल भएपछि यो कम्पनी हाल अर्को एक वाणिज्य बैंकसँग बिलय हुने तयारीमा रहेको छ ।