काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा अघिल्लो वर्षको तुलनामा २९.८७ प्रतिशतले वृद्धि गरेको छ । 

चौथो त्रैमास विवरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा १५ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाले १२ करोड ११ लाख खुद नाफा आर्जन गरेको थियो । 

त्यस्तै संस्थाले खुद ब्याज आम्दानी १५ करोड ६३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षमा २५ करोड ६१ लाखमा सीमित थियो । 

संस्थाको सञ्चालन मुनाफा २४ करोड ७१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १९ करोड १ लाखमा समीति थियो । 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ३ लाख ३९ हजार रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो वर्ष २ करोड ८७ लाख रुपैयाँ थियो । 

चौमास विवरणमा संस्थाले सापटीको आँकडा नदेखाएपछि समीक्षा अवधिमा उसले चार अर्ब ८२ करोड र अघिल्लो वर्ष यसै अवधिमा तीन अर्ब ८० करोड ऋण प्रवाह गरेको देखाइएको छ ।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ४६ करोड ८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी ४६ करोड ७ लाख रुपैयाँ थियो । 

संस्थाले जगेडा कोषमा १५२.५२ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष १० करोड २ लाख रुपैयाँमा सीमित जगेडा कोष संस्थाको समीक्षा अवधिमा २५ करोड ९८ लाख रुपैयाँ पुगेको छ । 

संस्थाको प्रतिसेयर आम्दानी ३४.१४ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात ६ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५६.३९ रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर कुल सम्पत्तिको मूल्य भने १७५२.१० रुपैयाँ रहेको छ ।