काठमाण्डौ। सिर्जना फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा १८.४६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा १५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा २ करोड ४२ लाख रुपैयाँ बढी कमाउन सफल भएको हो।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी १५ करोड ८६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्ष २६ करोड २ लाख रुपैयाँमा सीमित थियो।

संस्थाको सञ्चालन मुनाफा ३८ करोड ९९ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ७ लाख रुपैयाँ रहेको थियो।

यस अवधिमा संस्थाले ७ अर्ब १५ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७९ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ। अघिल्लो वर्ष संस्थाले यही अवधिमा ५ अर्ब ४० करोड रुपैयाँ सापटी लिई ३ अर्ब ७९ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ४६ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी पनि ४० करोड ६ लाख रुपैयाँ नै थियो।

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा २७.४७ प्रतिशतले घटाएको छ। अघिल्लो वर्ष २१ करोड २४ लाख रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा बढेर २७ करोड ९ लाख रुपैयाँ पुगेको छ।

संस्थाको प्रतिसेयर आम्दानी ३४.१४ रुपैयाँ रहेको छ।

संस्थाको खराब कर्जा ०.३४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाको खराब कर्जा १.२५ प्रतिशत रहेको थियो। संस्थाको खराब कर्जामा ०.९१ प्रतिशतले घटेको देखाएको छ।

संस्थाको क्यापिटल एडेक्वेसी रेसियो १४.४८ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ९.३७ प्रतिशत र सीडी रेसियो ६१.३० प्रतिशत रहेको छ।

संस्थाले समीक्षा अवधिमा आफ्नो आधार दरलाई १२.१३ प्रतिशतमा सीमित गर्न सफल भएको छ।