काठमाण्डौ । अमेरिकाबाट सुरु भएको बैंकिङ संकट दिनप्रतिदिन गहिरिँदै गएको छ।
एक हप्ताभित्र दुईवटा अमेरिकी बैंक टाट पल्टिँदा तेस्रो बैंक डुब्ने जोखिममा रहेको छ। यो संकटले अहिले युरोपलाई पनि घेरेको छ। युरोपको प्रमुख बैंक क्रेडिट सुइस पनि संकटबाट बच्नका लागि लागि संघर्ष गरिरहेको छ।
यतिमात्र होइन सोसल साइन्स ई–रिसर्च नेटवर्कमा पोस्ट गरिएको एक अनुसन्धानले अमेरिकामा थप १८६ बैंक डुब्ने खतरामा रहेको देखाएको छ। ब्याजदरमा भएको बृद्धि र ठूलो असुरक्षित निक्षेपका कारण यी बैंकहरुको यस्तो अवस्था भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
अमेरिकामा बैंकिङ संकट सुरु भएपछि मानिसले साना बैंकबाट पैसा निकालेर ठूला बैंकमा राख्न थालेका छन्। ठूला बैंकमा जोखिम कम हुने उनीहरुको विश्वास छ।
दुई दशकयता अमेरिकामा ५०० भन्दा बढी बैंक टाट पल्टेका छन्। एजेन्सी
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago