काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)को २७ औँ वार्षिक साधारणसभा (एजीएम) आज भदौ ६ गते डाकिएको छ। सभा काठमाण्डौको बानेश्वरस्थित सीआईटीको केन्द्रीय कार्यालयमा अपराह्न ३ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित कुल ३१.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश छन्। 

सोही सभाले सीआईटीको उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि सीआईटीले गत साउन २५ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ साउन २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सीआईटीको सभामा भाग लिन र लाभांश पाउन योग्य भएका छन्।