काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले सीबीआईएल क्यापिटल लिमिटेडमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर आज बिहीबार लिलामीमा राखेको छ।

कोषले सीबीआईएलमा रहेको आफ्नो स्वामित्वको ७५ हजार कित्ता सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापकधनीसहित योग्य जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिएको न्यूनतम मूल्य प्रतिकित्ता १२२ रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्या वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले आफू लिन चाहेको सेयर संख्या र रकम स्पष्ट उल्लेख गरी काठमाण्डौको नयाँबानेश्वरस्थित कोषको पूँजीबजार महाशाखा ब्लक बी (पहिलो तल्ला) बोलपत्र आवेदन पेस गर्नुपर्नेछ।

बोलपत्र आजको मितिबाट ३५ दिनभित्र पेस गर्न सकिने कोषले जनाएको छ।