काठमाण्डौ । व्यवसायिक जागिरे जीवनका क्रममा कसैको करिअर राम्रो ढंगले अघि बढ्छ भने कसैको लामो समय लाग्छ वा एकै स्थानमा रोकिन सक्छ । 

सामान्य रुपमा कुनै व्यक्तिले आफ्नो करिअर बनाउनुअघि एमबीए प्रोग्राममा सहभागी हुने र कुनै प्रतिष्ठित संस्थामा उच्च पदको जागिर खाने र जोखिमहरुलाई पन्छाउँदै चुचुरोमा सिधै पुुग्ने सिंढी चढ्ने आम मानिसको बुुझाई रहेको पाइन्छ । तर हावर्ड बिजनेश स्कुलको डेटाले योभन्दा बिल्कुलै फरक तथ्य उजागर गरेको छ । 

हावर्ड बिजनेश स्कुलले यही विषयमा १० वर्ष लगाएर रिसर्च गरेको छ । जसलाई ‘सीईओ जिनोम प्रोजेक्ट’को नाम दिइएको छ । जसमा १७ हजार सी–सुइट एक्जीक्युटीभ एसेस्मेन्ट्सहरुबाट डेटा संकलन गरिएको छ । 

कुनै व्यक्ति उच्च पदमा कसरी पुुग्यो भन्ने विषयलाई विश्लेषण गर्न यसमध्ये २६०० एसेस्मेन्ट्सहरुको गहिरो अध्ययन गरिएको छ । यसमा सीईओको जिम्मेवारीमा २४ वर्षको औसत अवधिभन्दा तीव्र गतिमा पुुगेका सीईओ रेसका धावकहरुका बारेमा नजिकबाट नियालिएको छ । 

यो अध्ययनले सीईओ रेसका धावकहरुले सजिलै गरी उच्च पदमा नपुुगेको देखाएको छ । उनीहरुले साहसिक निर्णय गर्दै यो स्थानसम्म पुुगेको र यसले अगाडि बढाउने बस्तुका काम गरेको अध्ययनले देखाएको छ । करिअरलाई अघि बढाउने तीनवटा तत्वहरु सबैमा समान रुपमा देखिएको छ । यीमध्ये ९७ प्रतिशतहरुले करिअरलाई अगाडि बढाउने कम्तीमा एउटा तत्व हासिल गरेको र ५० प्रतिशतले कम्तीमा दुुईवटा हासिल गरेको बताएका छन् ।(यीमध्ये २४ प्रतिशतसँग मात्रै एमबीए डिग्री रहेको पाइएको छ ।)

यी तत्वहरुका माध्यमबाट उनीहरुले विशेष आचरण र क्षमताको विकास गरेका थिए । जसले उनीहरुलाई सफल सीइओका रुपमा उभ्याएको छ ।

यसमा निर्णय लिने क्षमता, विश्वसनीयता, ग्रहण गर्नसक्ने क्षमता र प्रभाव पार्नसक्ने विषयमा संलग्न हुनसक्ने क्षमता समावेश छन् । यी तत्वहरु यतिसम्म शक्तिशाली छन् कि सीईओ पदमा पुुग्न नचाहनेहरु पनि यी रणनीतिहरुमध्ये कुनै एक रणनीति अपनाएर त्यो पदमा पुुगेको अध्ययनमा देखिएको छ । 

‘गो स्मल टु गो बिग’
सीईओ पदमा पुुग्ने बाटो दुर्लभमै मात्र सिधा हुने गर्दछ । यो पदमा पुुग्नका लागि कहिलेकाँही पछाडितर्फ वा दायाँबायाँ समेत पाइला चाल्नुपर्ने हुनसक्छ । 
हावर्ड बिजनेश स्कुलले गरेको अध्ययनमा ६० प्रतिशत सीईओहरुले आफ्नो करिअरको दौरान कुनै न कुनै बिन्दुमा कम्पनीको सानो जिम्मेवारी सम्हालेको बताएका छन् । उनीहरुले कम्पनीमा केही नयाँ कुराको सुरुवात(उदाहरणका लागि नयाँ प्रडक्ट वा डिभिजन) गरेको, ठूलो जिम्मेवारीका साथ सानो कम्पनीमा आवद्ध भएको वा आफ्नो छुट्टै व्यवसाय गरेको बताएका छन् । यी प्रत्येक केसहरुमा उनीहरुले आफूले पाएको अवसरलाई केही नयाँ गर्न र प्रभाव पार्नसक्ने काम गर्नमा उपयोग गरेका थिए । 

जेम्स तीस वर्ष नुपुुग्दै रणनीति र व्यवसाय विकासका लागि एउटा मल्टी बिलिनियर डलरको मार्केटिङ एण्ड कम्युनिकेसशन बिजनेशमा हायर भएका थिए । उनलाई करिअरको सुरुवातमा कुनै एउटा नयाँ बिजनेशको विकास गर्न भनिएको थियो । यो उनका लागि घटुवा(डिमोसन) जस्तै वा संस्थाको रित्तो चार्ट र अनिश्चित भविष्यतर्फ धकेल्नु जस्तै थियो । ‘म प्रवेश गर्दाखेरी आम्दानी शून्य थियो र पछि हामीले यसलाई २५० मिलियन डलरको व्यवसाय बनायौँ ।’–उनले भने । शून्य अवस्थामा रहेको व्यवसायलाई उनले एउटा नयाँ रुप दिए । यस क्रममा उनले बजेट व्यवस्थापन, कम्पनी सञ्चालन र रणनैतिक दुरदर्शीता जस्ता व्यवस्थापनका महत्वपूर्ण र आवश्यक सीपहरु सिके । यी सीपहरु एउटा सफल सीईओ बन्नका लागि आवश्यक पर्ने तत्वहरु हुन् । (अध्ययन गरिएका करीब ९० प्रतिशत सीइओहरुसँग व्यवस्थापनको सामान्य अनुुभव रहेको पाइएको थियो) १३ वर्षपछि जेम्स १.५ बिलियन डलरको शिक्षा र तालिम व्यवसायको सीइओ बनेका छन् । 

ठूलो छलाङ 
अध्ययन गरिएका करीब एकतिहाई सीईओहरुले आफ्नो करिअरको पहिलो दशकमा ठूलो छलाङ मार्दै उच्च पदमा पुुगेका थिए । उनीहरु जोखिममा सावधानीपूवर्क कदम चाल्दै पाएका अवसरहरुलाई सहर्ष स्वीकार्दै अघि बढेका थिए, चाहे त्यो भूमिका उनीहरुले यसअघि गरेका भन्दा भिन्न नै किन नहुन् । उनीहरु भविष्यको चुनौतिहरुका लागि पूर्ण रुपमा तयार नभएको महसुस गर्ने गर्दथे । 

उदाहरणका लागि २४ वर्षको उमेरमा जेरी २०० मिलियन डलरको कम्पनीमा सिनियर अकाउन्टेन्टका रुपमा प्रवेश गरेका थिए । कम्पनीमा प्रवेश गरेको ८ महिनापछि उनलाई सीएफओ पदका लागि अफर गरियो । उनको उमेर कम भए पनि वा अझै पनि सिक्ने चरणमै भए पनि उनले यो नयाँ चुनौतिलाई स्वीकार गरे । ‘म मेरो जिम्मेवारीका लागि एकदमै कलिलो थिएँ र मलाई मेरो पूर्व तयारीबिना नै जिम्मेवारी दिइएको थियो ।’ उनी भन्छन । सीएफओको रुपमा उनले कार्य सञ्चालनका बारेमा विस्तृत रुपमा ज्ञान हासिल गरे र नयाँ जिम्मेवारी तथा अनिश्चित वातावरणमा आफ्नो दक्षतालाई प्रमाणित गरे । करीब ९ वर्षपछि सीओओ हुँदै उनी सीईओको पदमा पुुग्न सफल भए । 

यदि तपाइँहरु पनि आफ्नो पोल्टामा यस्तो अवसर आउँदैन भन्ने अपेक्षा गर्नुहुन्छ भने तपाइँ एक्लो हुनुहुन्न । तर अध्ययन गरिएका यी सीईओहरुले आफ्नो भाग्य आफैं बनाएका थिए । उनीहरु व्यवसायको थुप्रै पक्षहरुसँग जोडिने कर्स फङ्सनल प्रोजेक्टहरुमा हात हाल्न सुुझाव दिन्छन् । यसका लागि आफ्नो बोससँग अतिरिक्त जिम्मेवारीको माग गर्नुपर्दछ । जटिल र कठिन समस्याहरु समाधान गर्नतर्फ अग्रसर हुनुपर्दछ । यी सबैभन्दाामथि ठूला अवसरहरुलाई ‘एस’(हुन्छ) भन्ने बानी बसाल्नुपर्दछ, चाहे तपाइँ त्यो कामका लागि तयार हुनुहोस वा नहुनुहोस् । 

ठूला समस्याहरुसँग जुध्ने क्षमताको विकास 
यो केही झञ्झटीलो हुनसक्छ तर आफूलाई सीईओको रुपमा प्रमाणित गर्नका लागि समस्याहरुसँग लड्नसक्ने क्षमता विकास गर्न आवश्यक हुन्छ । समस्याहरु भन्नाले न्यून प्रदर्शन गर्ने बिनजेश युनिट, असफल प्रडक्ट वा कम्पनी नै टाट पल्टनु हुनसक्छ । व्यवसायका लागि कुनै पनि समस्याहरु जतिसक्दो चाँडो समाधान गर्न आवश्यक पर्ने गर्दछ । हावर्ड बिजनेश स्कुलले गरेको अध्ययनमा करीब ३० प्रतिशत सीईओहरुले यस्ता समस्याहरुबाट आफ्नो टिमहरुलाई अघि बढाएको देखिएको छ । 

कठीन र अव्यवस्थित अवस्थाहरुले बलियो नेतृत्व विकास गर्नका लागि सहयोग प्रदान गर्ने गर्दछ । संकटको अवस्थामा उदयीमान नेतृत्वकर्ताहरुले समस्याग्रस्त अवस्थालाई शान्त रही आफ्नो क्षमता प्रदर्शन गर्ने, दवाबमा निर्णय लिने, अनुमानित जोखिमको सामना गर्ने र अनुकुल अवस्थाको सामना गर्ने अवसरका रुपमा उपयोग गर्न सक्दछन् । अर्को शब्दमा भन्नुपर्दा यसलाई सीईओ बन्नका लागि अभ्यासका रुपमा लिन सकिन्छ । 
(हावर्ड बिजिनेश रिभ्यूमा प्रकाशित सामाग्रीलाई बिजशालाकर्मी
धर्म मलासीले गरेको अनुवाद)