काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले आज बिहीबार सीईडीबी हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। अनुमति पाएसँगै अब यो हाइड्रोपावरले कुल २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। 

अन्य समूहमा रहेको यो हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गर्नेछ। 

यो आईपीओ कम्पनीको चुक्तापुँजी ३० प्रतिशतबराबरको हुनेछ। आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।