काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज दिन मंगलबारसम्म मागभन्दा ११.२४ गुणा बढी आवेदन परेको छ। 

सीईडीबीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको थियो। यो कुल २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको रहेको हो।

आईपीओको कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। 

सीडीएससीका अनुसार आज अन्तिम दिनसम्म यो आईपीओमा १७ लाख ३६ हजार ७०० आवेदकबाट कुल २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा ९.८ गुणाले बढी आवेदन हो। यो हिसाबले यो आईपीओको बाँडफाँड गोलाप्रथाबाटै हुनेछ।

धितोपत्र बिक्री प्रबन्धकमा भने सनराइज क्यापिटल लिमिटेड रहेको छ।

यो आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुन आउँछन्। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ९४ लाख रुपैयाँ बढी पुग्नेछ।