काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (सीएचडीसी)ले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीले ११ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफा ४.०६ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म कम्पनीको सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी १६ करोड ९ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी १७ करोड ७ लाख रुपैयाँ थियो।
चुक्तापुँजी ८३ करोड ९४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष (रिजर्भ)मा ५० करोड ६३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जगेडा कोषमा ३७ करोड ९८ लाख रुपैयाँ रहेको थियो। रिजर्भको आकार ३३.२९ प्रतिशतले बढेको छ।
यो कम्पनीले लगानी गरेको जलविद्युत आयोजनाहरु दोर्दी–१ जलविद्युत आयोजना, तल्लो खारे खोला जलविद्युत आयोजना र रुकुमगाड जलविद्युत आयोजनाले विद्युत उत्पादन गरी राष्ट्रिय विद्युत प्रसारणमा विद्युत प्रवाह गर्दै आएको छ।
यसैगरी कम्पनीले लगानी गरेको ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्ष २०८०–८१मा प्रारम्भ हुने अनुमान गरिएको छ। कम्पनीसँग रहेको लगानीयोग्य रकम हाललाई मुद्दति खातामा राखिएकोले नगद मौज्दात तथा तरलता बढेको कम्पनीले जनाएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४.०४ रुपैयाँ कायम भएको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६४.४० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६०.३२ रुपैयाँ रहेको छ।
44 minutes ago
58 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago