काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायीत्व(सीएसआर) अन्तर्गत छुट्याएको कोषको रकमले भ्याक्सिन समेत किन्न पाउने भएका छन् । 

नेपाल राष्टबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो । 

केन्द्रीय बैंकले हालको विषम परिस्थितिलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले उक्त कोषको रकम अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टे«टर, जीवन रक्षक भ्याक्सिन, औषधी आदि कार्यमा खर्चगर्न सक्ने व्यवस्था मिलाइने बताएको छ । 

त्यसैगरी, राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने व्यवस्था समेत मिलाइने समीक्षमा उल्लेख छ ।