काठमाण्डौ । सीडीएस एन्ड क्लिरियङ (सीडीएस) ले ‘मेरो सेयर’ पोर्टल स्तरोन्नतिको काम सुरु गरेको छ। 

सीडीएससीले एक सूचना जारी गर्दै मेरो सेयर स्तरोन्नतिको काम भइरहेको जानकारी गराएको छ। स्तरोन्नतिको काम केही दिनसम्म जारी रहने र यो अवधिमा समयसमयमा मेरो सेयर नुखल्ने वा लग आउट हुनेजस्ता समस्या देखिने पनि सीडीएससीले स्पष्ट पारेको छ।

स्तरोन्नतिको काम भइरहेकोले केही दिन धैर्यताका साथ मेरो सेयर प्रयोग गर्न सीडीएसएसीले आग्रह गरेको छ। साथै आफ्नो ब्राउजर इनक्गनिटो विन्डो वा प्राइभेट विन्डोमार्फत सेवा सञ्चालन गर्न पनि सीडीएससीले सुझाव दिएको छ।