काठमाण्डौ। वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्रान्ड ओपोले प्रिमियर एन्युअल कम्प्युटर भिजन इभेन्ट, कम्प्युटर भिजन एन्ड प्याटर्न रिगक्निसन कन्फरेन्स (सीपीभीआर) २०२१ मा सहभागिता जनाएको छ। 

सम्मेलनमार्फत ७ प्रमुख चुनौतीअन्तर्गत १२ भिन्न प्रतियोगितामा उपस्थिति जनाएको ओपोले एआई क्षेत्रमा पुर्याएका उपलब्धिलाई मान्यता प्रदान गरिएको थियो। जसअन्तर्गत कम्पनीले प्रदर्शित गरेका औद्योगिक क्षेत्रकै अग्रणी प्राविधिक क्षमता र एआई क्षेत्रमा हात पारेका उल्लेखनीय नवप्रवर्तनका लागि एउटा पहिलो स्थान, सातवटा दोस्रो र चारवटा तेस्रो अवार्डहरु प्रदान गरिएका छन्।

सीपीभीआर २०२१ प्रतियोगितामा सहभागिता जनाएको समूहमा इन्टेलिजेन्ट पर्सेप्सन एन्ड इन्टरएक्सन डिपार्टमेन्ट र ओपो यूएस रिसर्च सेन्टर अफ ओपो रिचर्स इन्स्टिच्युटका सदस्यहरु सम्मिलित थिए। अनुकूलन र एआई एल्गोरिथमको प्रशिक्षणमार्फत ओपोको एआई क्षमता र जनतालाई अझ सटिक सेवा दिने आफ्नो एआई प्रविधिको क्षमता विस्तारका लागि यो समूह कार्यरत रहेको छ।

ओपोका चिफ साइन्टिस्ट, इन्टेलिजेन्ट पर्सेप्सन, एरिक गुओले भने, ‘यस वर्षको सीपीभीआर प्रतियोगितामा पनि यस्तो उल्लेखनिय नतिजा पाउँदा हामी निकै हर्षित छौँ। हामीले पहिलोपटक सीपीभीआर २०२० मा सहभागिता जनाउँदा पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोल्युसन च्यालेन्जमा धमिला तस्बिरलाई सार्प बनाउन सघाउने प्रविधि र फ्युजन पोजिसनिङलाई अझ सटिक बनाउन सघाउने भिज्युअल लोकलाइजेसन फर ह्यान्डहेल्ड डिभाइसेज च्यालेन्ज प्रदर्शित गरे बापत पहिलो स्थान हात पारेका थियौँ। यस वर्ष ओपोले जितेका मल्टि एजेन्ट बिहेभियोर, एभीए—काइनेटिक्स र बहुसंख्यक टूडी तस्बिरहरुबाट थ्रीडी फेस रिकन्स्ट्रक्सन, फेसियल डिटेक्सनलगायत क्षेत्रअन्तर्गत पर्दछन्।’

‘यी प्रविधिहरुको प्रयोग घर निर्माण, अफिस, फोटोग्राफी, हेल्थ एन्ड मोबिलिटीलगायत क्षेत्रमा गर्न सकिन्छ’, गुओले थपे, ‘ओपोमा हामी एआईले मानिसलाई बुद्धिमतापूर्वक सहज अनुभूति प्रदान गराउन प्रतिबद्ध छौैँ।’

ओपोले हात पारेका ११ सम्मानमध्ये ३ अवार्ड, एआई मोडलको मानिस र जनावरजस्ता विवेकी प्राणीबीचको कठिन व्यवहार बुझ्ने, वर्णन गर्ने तथा अनुमान गर्ने मल्टि—एजेन्ट बिहेभियोर च्यालेन्जको क्षमता मातहत रहेको छ। नयाँ व्यवहार बुझ्ने श्रेणीअन्तर्गत ओपोले पहिलो स्थान हात पारेको छ, क्लासिक क्लासिफिकेसनअन्तर्गत दोस्रो र एनोटेसन स्टाइल ट्रान्सफरअन्तर्गत तेस्रो स्थान हात पारेको हो। सोही श्रेणीमा सहभागिता जनाएका अन्य २४० सहभागीभन्दा पृथक र अगाडि देखिन कम्पनीको एआई क्षमताले मूख्य भूमिका खेलेको देखिन्छ। यसमा रहेको अल्गोरिथमले कर्मचारीलाई विशेषगरी उत्पादनका मूख्य चरणहरुमा तिनको सुरक्षाका साथै उत्पादनको गुणस्तर सुनिश्चितता तथा परिचालनमा आउने गल्तीहरु न्यूनीकरण गर्न सघाउँदै यही प्रविधिले ओपोको फ्याक्ट्रीमा उल्लेखनीय भूमिका खेलिरहेको छ।

ओपो यूएस रिसर्च सेन्टरले डेन्स डेप्थ फर अटोनोमस ड्राइभिङ च्यालेन्जमा सहभागिता जनाई टूडी तस्बिरका आधारमा सटिक थ्रीडी गहिराइको जानकारी उपलब्ध गराउने प्रविधि प्रदर्शित गरेको थियो। यसका लागि ओपोले स्वपर्यवेक्षित ट्रयाकका लागि दोस्रो स्थान हात पार्दै ‘नोवेल्टी अवार्ड’ जितेको छ। डिप लर्निङ मोडल्सको प्रयोग गरी साधारण तस्बिरबाटै सहजै गहिराइसम्बन्धी जानकारी प्रेषित गर्नेे यो प्रविधिले भविस्यमा टीओएफजस्ता डेप्थ सेन्सरलाई प्रतिस्थापन गरी अझ सटिक इनडोर र आउटडोर नेभिगेसन अनुभव प्रदान गर्ने सम्भावना प्रवल देखिन्छ।