काठमाण्डौ । नयाँ–नयाँ प्रविधिका आधारमा विश्वमा विभिन्न आविष्कारहरु भइरहेका छन्। यस्तै एउटा विशेष आविष्कार पानीमा चलाउन मिल्ने कारसँग सम्बन्धित छ। जसरी सडकमा कारहरु गुड्छन्, त्यसरी नै पानीमा पनि हुइँक्याउन मिल्छ भनेर सायद कमैले सोचेका होलान्। तर, अब यो वास्तविकतामा परिणत भएको छ। 

प्रोजेक्ट सी लायनले पानीमा संसारको सबैभन्दा छिटो चलाउन मिल्ने कारका रुपमा आफ्नो नाम दर्ता गरेको छ। यो प्रोजेक्ट सी लायनअन्तर्गत विकसित गरिएको हो। अब बिक्रीका लागि पनि उपलब्ध छ। 

हालै सी लायन प्रोटोटाइप कारको एक झलक देखिएको छ। जुन पानीमा केही सेकेन्डमा स्पिड बोटमा परिणत हुन्छ। यो कार जमिनमा २९० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ भने पानीमा यसको गति ९७ किलोमिटर प्रतिघन्टासम्म छ।

कार डिजाइनर एम बिटले यो कार बनाउन ६ वर्ष लगाए। यो कार करिब २ करोडको मूल्यमा सी लायन बजारमा ल्याइएको छ।

सी लायनको लुक र फिचर निकै दमदार छन्। सीएनसी माइल्ड पिसेस र टीआईजी वेल्डेड ५०५२ आल्मुनियमबाट बनेको यो एम्फिबियस कार एकदमै फरक र विलासी देखिन्छ। यसलाई जमिन र पानीमा सजिलै सञ्चालन गर्न सकिन्छ। यसमा सबै आवश्यक सुविधाहरु छन्। जसले गर्दा यसलाई चलाउन कुनै समस्या हुँदैन र पानीमा पनि सन्तुलन सजिलै कायम रहन्छ। – एजेन्सी