काठमाण्डौ । स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले यूएसआइडीद्वारा प्रवद्र्धित सुआहारा सेकेण्ड कार्यक्रमलाई सहयोग प्रदान गरेको छ । 

यस कार्यक्रमअन्तर्गत सुनौला १००० दिनका आमाहरुका लागि प्राविधिक सहयोग तथा परामर्श प्रदान गरिएको बताइएको छ । 

स्मार्ट टेलिकम तथा हेलेन केलर इन्टरनेशनलद्वारा प्रबद्र्धित सुआहारा सेकेण्डबीच सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम समेत भएको थियो । 
यो सम्झौतासँगै सुआहारा कार्यक्रममा टेलिकम साझेदारको रुपमा स्मार्ट टेलिकम रहनेछ ।

यससँगै स्मार्टले रु ९९ ब्यालेन्स भएको सीमकार्ड सुआहारा लाभार्थीहरुलाई प्रदान गर्नेछ । यसरी ६००० सीमकार्ड सुआहारा सेकेण्ड फेजको कार्यक्रममा सहभागी हुनेले प्रयोग गर्न पाउनेछन् ।

हाल सुआहारा सेकेण्ड नुवाकोट तथा कपिलवस्तुमा लक्षित छ ।

पहिलो चरणको कार्यक्रमका सिलसिलामा स्मार्टले नुवाकोटमा ३५०० सिम कार्ड प्रदान गरिसकेको छ भने आगामी चरणहरुमा आफ्नो कार्यक्रमलाई पाल्पा तथा रुपन्देहीमा पनि लागू गर्ने बताइएको छ । 

सुहाराका चिफ अफ पार्टि क्रिस्टोफर ल्यान्ड्रीले “स्मार्टले सुनौला १००० दिन कार्यक्रमका लागि गरेको सहयोगले स्वयंसेवक तथा लक्षित व्यक्तिहरु बीच सम्पर्क स्थापना गरी कुपोषणको समाधान गर्न विशेष सहयोग प्राप्त भएको बताए । 

यूएसआइडीबाट सहयोग प्राप्त सुआहारा सेकेण्डले नेपालका विभिन्न जिल्लामा कुल १५ लाख घरधुरीमा मातृ तथा बालपोषणको कार्यक्रम संचालन गर्दै आएको छ । सुआहाराले नेपाल सरकार, निजी क्षेत्र तथा अन्य विकास साझेंदारहरुसँग पनि सहकार्य गर्दै आएको छ । 

आम नेपालीहरुमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्यसहित स्मार्ट टेलिकमको स्थापना गरिएको हो । स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत  प्राप्त गरेको छ ।

स्मार्टको फोरजी सेवा हाल काठमाण्डौ, ललितपुर, भक्तपुर र पोखरामा बिस्तार भएको छ ।