काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई उपमहानगरपालिका वा सदरमुकाम जस्ता शहरी र सुगम क्षेत्रमा शाखा बिस्तारमा कडाई गर्ने भएको छ । 

मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरिने घोषणा भएको हो । 

अब उप्रान्त लघुवित्त वित्तीय संस्थाहरुले महानगरपालिका, उप–महानगरपालिका र जिल्ला सदरमुकाम बाहेक नगरपालिका र गाउँपालिका क्षेत्रमा एक शाखा स्थापना गरेपश्चात् मात्र उपमहानगरपालिका वा जिल्ला सदरमुकाममा एक शाखा स्थापना गर्न सकिने व्यवस्था मिलाइने बताइएको छ । 

यस्तै, लघुवित्त वित्तीय संस्थाहरुले अनिवार्य रुपमा एक तिहाइ कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था समेत हुने भएको छ ।