काठमाण्डौ । सुजुकीले असार ७ गते काठमाडौंको रवि भवनमा अन्तर्राष्ट्रिय स्ट्याण्डर्डको शोरुम र ललितपुरको धोवीघाटमा स्टेट अफ आर्ट सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । 

शोरुम र सेवा केन्द्र दुबैको समुद्घाटन एमएसआइएलका कार्यकारी निर्देशक ईन्टरनेशनल मार्केटिङ डिभिजन शशांक श्रीवास्तव र सीजी होल्डिङ्सका अध्यक्ष तथा कार्यकारी निर्देशक अरुण चौधरीको उपस्थितिमा गरिएको हो । 

कार्यक्रममा बोल्दै सीजी होल्डिङ्सका अध्यक्ष तथा कार्यकारी निर्देशक अरुण चौधरीले आफ्ना उपभोक्तालाई सन्तुष्टि प्रदान गर्न विश्वस्तरिय बिक्री तथा सेवा केन्द्रको आवश्यकता भएको बताए । ‘बिक्री अघि र बिक्रीपछि कुनै पनि कम्पनीले उपलब्ध गराउने ग्राहक सेवा, बिक्रीपछिको सेवा लगायतले ब्राण्डको सफलताको प्रतिनिधित्व गर्छ’, उनले भने ‘कलंकीमा सञ्चालनमा ल्याइएको विश्वस्तरीय शोरुम र ललितपुर धोविघाटमास्थित स्टेट अफ आर्ट सेवा केन्द्र यही सिद्धान्तको उपज हो ।’

नयाँ बिक्री शाखाको उद्घाटनसंगै कम्पनीले आफ्नो बिक्री शाखाको संख्या ३४ र  ग्राहक सेवा केन्द्रको संख्या २६ पुर्याएको छ । उपभोक्ताका आवश्यकताको पूर्ति गर्न विभिन्न उत्पादन उपलब्ध गराउँदै आइरहेको सुजुकी कारको देशमा सर्वाधिक ठूलो बिक्री तथा सेवा सञ्जाल छ ।