काठमाण्डौ । सुजुकी मोटरको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले नयाँ वर्ष २०७३ को अवसरमा कार खरीदमा ‘ह्याप्पी न्यू कार’ योजना ल्याएको छ । 

ग्राहकहरुको सुविधालाई ध्यानमा राखी नयाँ वर्षलाई विशेष बनाउन यस्तो योजना ल्याइएको सीजी मोटोकर्पले जनाएको छ । 

कम्पनीले यो योजना अन्तरगत ग्राहकहरुलाई कार खरीदको क्रममा ३ लाख रुपैयाँसम्म नगद बचत गर्नसक्ने अवसर प्रदान गरेको बताइएको छ । यो योजना अन्तरगत ग्राहकले ०.५ प्रतिशतको ब्याजदरमा फाइनान्सको सुविधा समेत कम्पनीबाटै प्राप्त गर्नेछन् । कार खरीदको क्रममा लाग्ने नामसारी र सडक दस्तुर शुल्क समेत कम्पनी आफैँले तिरिदिने बताइएको छ । 

‘ह्याप्पी न्यू कार’ योजना २०१६ मोडलका एसक्रश, सियाज, डिजायर, सेलेनो, वायाग्न आर, अल्टो के १०, अल्टो, स्वीफ्ट लगायतका गाडीहरुमा उपलब्ध हुनेछ । यो स्कीम काठमाण्डौ र देशभरका २६ शहरका ३० वटा आधिकारिक बिक्री केन्द्रबाट ग्राहकले लिन सक्नेछन् ।