काठमाण्डौ । सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले बिक्री संख्याका आधारमा अग्रणीमध्ये एक डिजायर मोडलको फेसलिफ्ट भर्जन सार्वजनिक गर्ने तयारी गरेको छ । 

सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ डिजायरमा पहिले सुजुकीको बलेनोमा प्रयोग गरिएको हियरटेक च्यासिस प्लेटफर्मको प्रयोग गरिएको जानकारी दिइएको छ । नयाँ प्लेटफर्मले कारको वजनमा कमील्याउनुका साथै यसमा सवार यात्रीलाई थप सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । 

नयाँ कारमा प्रयोग गरिएको बाह्य तथा भित्री डिजाइन पछिल्लो संस्करणको तुलनामा थप स्टाइलिश छ । कम्पनीले पछिल्लो संस्करणको तुलनामा नयाँ कार अधिक स्पेसियस हुनुका साथै बुट स्पेस पनि धेरै हुने बताएको छ । नयाँ कारमा किलेस एण्ट्रि, डीआरएल, रियर भेण्टसहितको अटोएसी, डायमण्ड कट अलोइज् तथा स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणाली लगायत अत्याधुनिक सुविधा तथा प्रविधि समेत जडान गरिएको छ । 

यसमा प्रयोग गरिएको ईन्फोटेनमेण्ट प्रणालीमा दिइएको एण्ड्रोइड अटो सुविधा भारतीय निर्मित कारमै पहिलो भएको कम्पनीको दाबी छ । साथै, यसमा ठूलो टच स्क्रिनको माध्यमबाट एप्पल कार प्ले सुविधा पनिउपलब्ध रहेको छ । 

कारमा यात्रुको सुविधाका लागि डुअल एयर ब्याग्स तथा कारका सबै भ्यारियण्टमा झैँ स्ट्याण्डर्ड सेफ्टी फिचरका रुपमा एबीएस पनि उपलब्ध गरिएको छ । कारमा उपलब्ध सुरक्षा फिचर्स नियाल्दा कम्पनीले यात्रु सुरक्षाका सवालमा कुनै सम्झौता गर्न नचाहेको प्रष्ट देखिन्छ । नयाँ कारमा परीक्षणमा पूर्ण सफल के१२ ईञ्जिनको प्रयोग गरिएको छ । २२ किलोमिटर प्रति लिटर माइलेज दिने क्षमता सहितको यो ईञ्जिन पावर र माइलेजका लागि विशेष परिचित छ ।