काठमाण्डौ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्जको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ११ असोजदेखि सुरु हुने गरी यस दशैंतिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । 

यो योजनाअन्तर्गत ग्राहकले तीनलाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस, न्यूनत २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका अक्सेसोरिजहरु निशुल्क पाउने बताइएको छ । 

साथै कुनै पनि ीव्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई बिक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार समेत दिइने कम्पनीले जनाएको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३६ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक–फरक हिसाबका छुटहरु लागू हुनेछन् । 

सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स्, वागेन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजाएर, सिआज, ब्रेजा, एसक्रस्, एर्टिगा, एक्सएलसिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्रीबितरण गर्दै आएको छ । यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको कम्पनीको भनाई छ ।